विराटनगर । आन्दोलनरत पहिचानवादीहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आव्हान गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्ति सिटौलाले वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम छाडि वार्तामा आउन आग्रह गरेका हुन् ।
आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको नामकरण कोशी प्रदेश रहन पुगेको वक्तव्यमा उल्लेख छ ।
प्रदेशको नाम कोशी राखेसँगै पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै कोशी प्रदेशमा आन्दोलन चलिरहेको छ । आन्दोलन हिंसात्मक हुँदा एक जनाको मृत्यु भएको छ भने आन्दोलनकारी र सुरक्षाकर्मी बिच दर्जन बढी घाइते भएका छन् । आन्दोलनका क्रममा २७ जना प्रदर्शनकारी पक्राउसमेत परेका छन् । उनीहरुलाई रिहा नगरे १७ गते बुधबारदेखि अनिश्चितकालिन प्रदेश आम हड्ताल गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएको २४ घण्टा नबित्दै प्रदेश सरकारले आन्दोलनमा बोलाएको हो ।