मादक पदार्थ सेवन गरेर चलाउँदा टिपर नहरमा खस्यो

न्युजलय २१ साउन २०८०, आइतबार ०१:१४ मा प्रकाशित

सुनसरी । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा सुनसरीको इनरुवा–४ मा शनिबार राति  टिपर दुर्घटना भएको छ । 

प्र–१०२–००१–ख ८३०७ नम्बरको टिपरका चालक इनरुवा–८ का १६ वर्षीय रेवत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मदिरा सेवन गरी अन्धाधुन्ध टिपर चलाइरहेको देखेर प्रहरी र स्थानीयले रोक्ने प्रयास गरे पनि अनियन्त्रित गतिमा अघि बढेको टिपर केही विद्युतका पोलमा समेत ठेक्किएर नहरमा खसेको थियो ।