विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेर गम्भीर घाईते भएका इन्टर्न डाक्टरको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए ।
उनी सप्तरीको राजविराज नगरपालिका–९ जगदरी निवासी हुन्। पाँचौँ तलामाथिबाट भुइँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।