नेपालका पहिलो रक गायक माइक खड्काको निधन

न्युजलय ११ फाल्गुण २०७९, बिहिबार ०१:१९ मा प्रकाशित

काठमाण्डौ । नेपालका पहिलो रक गायक मुकुन्द कुमार खड्काको निधन भएको छ । उनलाई धेरैले माइक खड्का भनेर चिन्दछन् । उनको बिहीबार बिहान  ६९ वर्षमा निधन भएको हो । 

मुकुन्द क्लासिक एफएमका संस्थापक निर्देशकसमेत हुन् । रेडियोकर्मी प्रकाश सायमीले मुकुन्दको निधनबारे कुरा गर्दै आज नेपाली संगीतको निम्ति ठूलो क्षतिको दिन भएको बताएका छन् । 

उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिँदै छ । उनकी श्रीमती र एक छोरा छन् ।