काठमाडौँ । आज सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मूल्य पाँच हजार २९० कायम भएको छ ।
मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मूल्य पाँच हजार २४० कायम भएको थियो ।