भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी

न्युजलय ९ चैत २०७९, बिहिबार ०२:५० मा प्रकाशित

मुम्बई । भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ । निगमको घरबाट भएको सो चोरीको आरोपमा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ । 

गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए । राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडि निकालिएको थियो ।

निगमको डिजिटल लकरबाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो । निगमको घरबाट ठूलो रकमको पैसा हराएपछि सीसीटीभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठूलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।  

पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्वीकार गरेको संचारमाध्यमहरुले लेखेका छन् ।