पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

न्युजलय २३ चैत २०७८, बुधबार ०७:४३ मा प्रकाशित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको प्रति नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले चर्को बिरोध गरेको छ।


अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै जनताको ढाड सेक्ने गरी हप्तैपिच्छे मूल्यबृद्धि हुनुले जनजीवन कष्टकर हुँदै गएको उल्लेख गरेकी छिन्। 


विज्ञप्तिमा वर्तमान सरकारले छिमेकी देशलाई दलाली गर्दै आफ्नो देशमा मूल्यबृद्धि नियन्त्रण गर्न नचाहेको र आर्थिक संकट बढाउदै लगेको उल्लेख गरिएको छ।


आर्थिक संकट र मूल्यबृद्धिलाई गम्भीरतापूर्वक लिएर नियन्त्रण नगरेमा सरकार विरोधी आन्दोलनको आँधिवेहरी ल्याउने चुनौति समेत विज्ञप्ति मार्फत दिइएको छ ।