मानिसमा सुँगुरको मुटु प्रत्यारोपण

न्युजलय २७ पुस २०७८, मङ्गलबार १२:३७ मा प्रकाशित

काठमाण्डौ । अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । 

डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रूपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।

प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रूपमा लिइएको छ ।