काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम भएको जनाएको छ ।