सुनको मूल्यमा अर्को कीर्तिमान

न्युजलय ६ माघ २०८२, सोमबार ११:०० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य एकैदिन तोलामा ४२ सय रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेको छ । योसँगै चाँदी तोलामा पाँच हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।