फिल्म ‘लुङा’ को गीत सार्वजनिक

न्युजलय १५ असार २०८०, शुक्रबार १२:२२ मा प्रकाशित

काठमाडौं । लिम्बू संस्कृति बनेको फिल्म ‘लुङा’  को गीत सार्वजनिक गरिएको छ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘अल्लारे जोवन’  बोलको गीत सार्वजनिक गरिएको हो। आयुष प्रधानको स्वर, शब्द तथा संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार भुवन सिंह राई र सारा लोहोरूङ राईको केही झलक देख्न सकिन्छ।

किरण राईले निर्देशन गरेको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरूङ राई, प्रकाश दाहाल, अनुप लिंगिम, सुदिप जंग कार्की, गंगा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायत कलाकारको अभिनय छ। 

ज्योतिराज राईको लगानी रहेको फिल्ममा सञ्जिव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिषा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सह–निर्माता रहेका छन्। 

फिल्म साउन ५ गतेदेखि प्रदर्शन हुँदैछ।