बाथरुममा बेहोस भेटिएकी स्टाफ नर्सको मृत्यु

न्युजलय ३ पुस २०७८, शनिवार ०६:५८ मा प्रकाशित

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ । उनी बेहोस अवस्थामा शुक्रबार बाथरुममा भेटिएकी थिइन् ।

 

हिजै अस्पताल ल्याइएको र उपचारका क्रममा अपरान्ह ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिइन् ।


उनी बाथरुममा लडेर बेहोस भएकी हुन् या अन्य कुनै कारण, त्यसबारे थाहा हुन सकेको छैन । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रेष्ठ गत जुलाइदेखि प्रतिष्ठानमा आवद्ध थिइन् ।