सुनको मूल्य बढ्यो

न्युजलय २५ फाल्गुण २०८१, आइतबार ११:२७ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।