सुनचाँदीको मूल्य घट्यो

न्युजलय १५ भदौ २०८०, शुक्रबार १२:०६ मा प्रकाशित

 काठमाडौं । शुक्रबार(आज) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुन प्रतितोला  १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।