इटहरी । गत विहिबारबाट इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी प्रहरी नायव उपरिक्षक (डि.एस.पी) खगेन्द्र बहादुर खड्काले सम्हालेका छन ।
यस भन्दा ८ वर्ष अघि पनि उनि प्रहरी निरिक्षक हुँदा इलाका प्रहरी कार्यालयमा रहेका काम गरेका थिए । सोहि कारण पनि उनिमा यहाँको अपराध र घटनाको विषयमा जानकारी भएको आँकलन इटहरी बासीको छ । र, उनले कार्यसम्पादनमा पहिलेको अनुभाव प्रयोग गर्छन् भन्ने विश्वास पनि ।
तर, झण्डै एक दशक पहिलेको इटहरी र अहिलेको इटहरीमा धेरै अन्तर पाइँन्छ । सोहि कारण पनि अपराधका घटना भने फरक त अवश्य हुन्छ । तर यहाँको वस्तुस्थिति राम्रो सँग बुझेकाले उनलाई कार्यसम्पादनमा सहयोग हुन्छ भन्ने विश्वास अवश्य छ ।
उनि पनि यो कुरा स्वीकार गर्छन् । अनि प्रहरीको ऐन र नियामवली बमोजीम काम गर्ने उनको प्रतिवद्धता छ । उनै प्रहरी प्रमुख
डि.एस.पी खड्कासँग हाम्रा सहकर्मी शंकर खत्रीले गरेको कुराकानी तल प्रस्तुत छ ;
इटहरी अपराधको दृष्टिकोणले कहाँ रहेछ ? कुन कुन अपराध बढी मात्रामा हुँदो रहेछ ?
मैले यहाँको प्रमुखको जिम्मेवारी सम्हालेको केहि दिन भयो । मैले गत वर्षको डाटा हेरेँ । त्यहाँबाट यहाँ चाहिँ लागूऔषध सम्बन्धी अपराध अधिक भएको मैले पाएँको छु । इटहरी भनेको ठूलो व्यापारीक केन्द्र हो । यहाँ पहाडी क्षेत्र र पूर्व–पश्चिम जोड्ने राजमार्ग, घना आबादी र तिव्र रुपमा बजारीकरण भइरहेको छ । त्यसैले यहाँ जुनसुकै अपराध हुने सम्भावना छ । त्यसैले प्रहरी ऐन, नियामवली र अन्य कानूनले दिएको अधिकार क्षेत्रभित्र रहेर विभिन्न किसिमको अपराधहरु ट्याकल गर्छौँ ।
पहिले तपाइँ प्रहरी निरिक्षक हुँदा र अहिलेको अपराधको घटनामा के परिर्वतन पाउनुभयो ?
पहिले र अहिलेको तुलना गर्दा धेरै फरक छ । अपराधको प्रकारमा पनि फरक छ । आज भन्दा ८ वर्ष अघि म यहाँ कार्यरत थिएँ । समयको अन्तरालसँगै अपराधको स्वरुप पनि परिर्वतन हुँदै जान्छ । त्यो बेला वेश्यावृति अधिका थियो अहिले चाहिँ अघिल्लो वर्षको डाटालाई हेर्दा लागूऔषध, अभद्र व्यवहार र सावरी दुर्घटना सम्बन्धी अपराध बढी देखिएको छ ।
हरेक पटक आउँदा यहाँका प्रमुखहरुले मेरो पालामा यो यो काम गर्छौँ भनेर योजना सुनाउनुहुन्छ तपाइँको योजना चाहिँ के छ ?
प्रहरीले के काम गर्ने भनेर प्रहरी ऐन, नियामवलीमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । त्यसैले म यति नै काम गर्छु भन्न सक्दिन । हामी यतिमा नै सिमित हुनुपर्छ भन्ने पनि छैन । आम नागरिकलाई सरल,सहज र सुलभ तथा विना झण्झटको सेवा प्रदान गर्ने र स्थानीयमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउने, पूर्ण रुपमा सुरक्षाको अनुभूति गराउने काममा हामी लाग्छौँ ।
आम नागरिकले साँचै इलाका प्रहरी कार्यालयले सुरक्षाको प्रत्याभूति गराएको छ भन्ने आभाव हुने किसिमको काम गर्ने छु । त्यसैले यसको लागि अपराध र अपराधिसँग कुनै सम्झौता नगर्ने, शून्य सहन्सीलता, भ्रष्टचार र पूर्वाग्रहरहित र कानून बमोजिम हाम्रा काम कारबाही हुनेछन्। यति काम गरेपछि जनतामा सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ भन्ने मलाई विश्वास छ ।
तपाइँले व्यक्तिबादि हुँदिन भन्नुभयो तर कति ठाउँमा प्रहरीले राजनैतिक आग्रह पूर्वाग्रहमा आएर अपराध लूकाएको पनि हामीले सुन्ने गरेका छौँ । तपाईको कार्याकालमा चाहिँ यस्तो कामका राजनैतिक गन्ध आउँछ कि आउँदैन ?
त्यस्तो चाहिँ हुँदैन । हामी प्रहरी संगठन देशको गौरवपूर्ण संगठन हो । हामी विना पूर्वाग्रह काम गर्छौँ । हाम्रा लागि सबै सम्मान हुन्। हामीले सबैलाई सम्मान रुपमा प्रहरी सेवा प्रदान गर्ने हो । त्यसैले यो को
नजिक को टाढा, कुन समुदाय, कुन क्षेत्र, कुन वर्ण, कुन जाति भन्नेकुनै हाम्रो भेदभाव हुँदैन । हामी कानून बमोजिम नै हाम्रो सेवा प्रदान गर्छौँ ।
तपाइँ बस्ने इलाका भवन पनि जिण छ । यहाँ रहेका सुरक्षाकर्मीलाई अपुग भवन छ । यसलाई बनाउने काममा तपाइँको ध्यान कतिको जाने छ ?
हो, वास्तवमा यो समस्या नै छ यहाँको । यहाँको भवन जिण, साघुँरो छ । यसको लागि पहिलादेखि नै लेखापढी भइरहेको छ । यसलाई यहाँका नागरिक समाज, स्थानीय राजनैतिक दल, हाम्रो तालुक
कार्यालयहरु हुँदै यसका लागि हामी पहल गर्छौँ । अवस्य पनि यो सुनुवाइ हुन्छ भन्ने विश्वास छ ।