इटहरीमा डेंगु रोगको परिक्षण र अस्पताल खर्च निःशुल्क

न्युजलय १५ साउन २०८०, सोमबार ०७:५० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरवासीलाई डेगुं रोगको परिक्षण र उपचार निःशुल्क गर्ने भएको छ । धरानमा महामारीझै फैलिरहेको डेंगुका बिरामी इटहरीमा पनि देखिन थालेपछि उपमहानगरपालिकाले नगरवासीलाई राहत दिन यस्तो योजना ल्याएको हो ।


सोमबार कार्यपालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेगुं परिक्षण र उपचार निःशुल्क गरिदिने घोषणा गरेका हुन् । साथै उपमहानगरले डेगुंविरुद्ध खोज र नष्ट अभियान चलाउने भएको छ । वडा तहसम्म अभियानलाई लैजान मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।