घट्यो सुनको मूल्य

न्युजलय १२ साउन २०८०, शुक्रबार १२:०३ मा प्रकाशित

काठमाडौँ ।  शुक्रबार(आज) सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९०० रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य पनि शुक्रबार तोलामा ४० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।