इटहरी । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पेक्यान) को प्रदेश १ कमिटि गठन गरिएको छ । सोमबार इटहरीमा सम्पन्न विस्तारित भेलाले कमल तिम्सिनाको अध्यक्षतामा प्रदेश २१ सदस्यीय कमिटि बनाएको हो ।
केन्द्रिय सांसद तथा राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष एलपी साँवाको प्रमुख आतिथ्यमा गरिएको भेलामा केन्द्रिय संयोजक विश्व पोखरेल, सहसंयोजक राजन श्रेष्ठ, उपत्यका विशेष कमिटिका अध्यक्ष दया थापा, केन्द्रिय सदस्य दिवाकरलाल चौधरी, पूर्वाञ्चल विश्व विद्यालयका रोशन निरौला लगायतको उपस्थिति रहेको थियो । ५० जना भन्दा बढीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अनिल सापकोटाले गरेका थिए ।
समितिको उपाध्यक्षमा नविन शिवाकोटी, चिरन न्यौपाने, टिका ढकाल, सचिवमा अनिल साप्कोटा, उपसचिवमा पारस राई, कोषाध्यक्षमा तारा ढुंगाना चयन भएका छन् । यस्तै, सदस्यहरुमा रोजन थापा, मदन बुढाथोकी, अग्नी प्रसाद प्रसाई, माधव दाहाल, केदार पोखरेल, नरेन्द्र दंगाल, विष्णु कुमार राय, दिपक पोखरेल, खगेन्द्र तिम्सीना, बिमल पराजुली र भिम सापकोटा चयन भएका छन् ।
नेकपा एमालेमा आबद्ध सुभेच्छुकहरुको नेतृत्वमा रहेका संस्था अबद्ध हुने यो संगठनले विभिन्न कन्सल्टेन्सीमा परेका समस्याहरुलाई सम्बन्धित निकायसम्म पुर्याउने अध्यक्ष तिम्सीनाले बताए । उनका अनुसार प्रदेश कमिटिहरु बनिसकेपछि जिल्ला तहमा पनि संगठन विस्तार गर्ने योजना छ ।