काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ ।
शुक्रवार सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । पोष्टरबाटै चर्चा कमाएको फिल्ममा सुरक्षाको साथमा अभिनेताद्धय नरेन खड्का र बिराज बिष्टको शीर्ष भूमिका छ ।
लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहेको यो फिल्मले कर्णालीको कथा पेश गर्छ । सन्तान नहुनुमा महिलालाई नै दोषी देख्ने समाजको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।
स्व. मोती विष्ट प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् ।
राज बहादुर सानेको कथा, राजबहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र बिराज बिष्टको पटकथा तथा संवाद रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् ।
नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट यो फिल्म प्रदर्शनमा आउनेछ ।
फिल्ममा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, उपासना नेम्वाङ, झलनाथ खत्री, सोनु सेढाईँ लगायतको पनि अभिनय रहेको छ ।