काठमाडौ । बजेटपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेसँगै सुनको मूल्य अहिलेसम्मको धेरै पुगेको हो ।
एक हप्तामै नेपाली बजारमा सुनको मूल्य प्रति तोला पाँच हजार रुपैयाँले बढेको छ ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्याएकाले नेपालमा मूल्य उच्च दरले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा देखिएको रुस र युक्रेनबीच द्वन्द्व, अन्तर्राष्ट्रिय बजारमा डलरमा आएको उत्तारचढावलगायत कारण पनि छन् ।
विश्वभरका केन्द्रीय बैंकहरूमा सुन किन्ने प्रतिस्पर्धा बढ्दै गएको छ। विश्व वित्तीय बजारमा बढ्दो अस्थिरताका बीच विभिन्न केन्द्रीय बैंकहरूले सुनमा लगानीलाई सुरक्षित मानिरहेका छन्।
मौद्रिक विज्ञहरूका अनुसार यो पनि अमेरिकी डलर प्रतिको निरन्तर घट्दो विश्वासको सङ्केत हो। विश्वको वर्तमान प्रवृत्ति अन्तर्राष्ट्रिय व्यापारमा डलरको विकल्प खोज्ने हो। यो घटनालाई डलराइजेसन भनिन्छ।