सुटिङका क्रममा शाहरुख खान घाइते

न्युजलय १९ असार २०८०, मङ्गलबार ०२:२६ मा प्रकाशित

काठमाडौँ ।  सुटिङका क्रममा बलिउड स्टार शाहरुख खान घाइते भएका छन्।  अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङका क्रममा खान घाइते भएका हुन्। उनको नाकमा चोट लागेको  छ। दुर्घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो।

मंगलबार नयाँ रिपोर्टअनुसार दुर्घटनापछि शाहरुखको नाकको शल्यक्रिया गरिएको छ। उनी भारत फर्किएका छन् र घरमै आरामै गरिरहेका छन्।

केही दिनअघि घटेको सो घटनाबारे हालसम्म शाहरुख र उनको टिमले कुनै आधिकारिक जानकारी गराएको छैन।

लस एन्जलसमा आफ्नो प्रोजेक्टको सुटिङ गरिरहेको बेला उनको नाकमा चोट लागेको थियो।