इटहरी । नागरिक समाज इटहरीको अध्यक्षमा बालिका भट्टराई चयन भएकी छिन् । आइतबार भएको भेलाले भट्टराईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । निवर्तमान अध्यक्ष राजु केसीले भट्टराईलाई पद हस्तान्तरण गरेका हुन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा आरके राई, उपाध्यक्षहरुमा दोर्णबहादुर न्यौपाने र भोलाकाजी बस्नेत चयन भएका छन् । यसैगरी महासचिवमा गंगा आचार्य घिमिरे, सचिवमा सुरेन्द्र तामाङ र सहससचिवमा लक्ष्मी थेवे छन् ।
६२÷६३ को जनआन्दोलनका क्रममा स्थापित नागरिक समाज इटहरी आजका दिनसम्म पनि क्रियाशील छ । नागरिक समाजले वार्षिक रुपमा एकता दिवस मनाउँदै आएको छ भने विभिन्न सामाजिक सरोकारका विषयहरुमा आवाज उठाउँदै आएको छ ।