कोभिडअघि नै इटहरीमा कन्सल्टेन्सी सुरु गरेका थिए सुजन पुरीले । तर राम्रोसँग चल्नै नपाइ कोभिडले थला पारेपछि उनले बन्द गर्नुपर्यो । उनले पढाउन थाले, तर कन्सल्टेन्सी चलाउने रहर बाँकी नै थियो ।
बादल बराल स्कुलमा पढाउने काम गर्थे । साथै ग्राफिक डिजाइनको व्यवशायसमेत चलाउँथे ।
यस्तै प्रणय थापा पनि शिक्षण काम गर्थे भने इभेन्ट मेनेजमेन्ट गर्ने कम्पनि पनि उनले खोले ।
यी तीन जना युवाहरुको पृष्ठभुमी, अनुभव अनि क्षमता फरक भएपनि सोँच एउटै थियो, युवाहरुलाई सही दिशा, मार्गदर्शनको लागि सहयोग र प्रोत्साहन गर्नु । त्यही सोँचका साथ उनीहरुले सञ्चालनमा ल्याए, क्लाउड एजुकेसन भीसा सर्भिसेसको इटहरी शाखा ।
नेपालमा क्षमतावान र सम्भावनाले भरिपूर्ण युवाहरू धेरै छन्, तर सही दिशा अनि उचित मार्गदर्शन गर्ने इमान्दार पथप्रदर्शकको अभावमा युवाहरु लक्ष्यमा पुग्नबाट वन्चित छन् । यही समस्याको समाधान गर्न र नेपालमै बसेर केही गर्नका लागि उनीहरुले यो संस्था खोलेको बताएका छन् ।
आसपी विश्वास, इमान्दारीता र एक अर्कामाथिको भरोसाले जोडिएको सपना मानेका छन् क्लाउडलाई । त्यसमा पनि युवाहरुलाई सहयोग गर्न र वैदेशिक उच्च शिक्षाको लागि इमान्दारितापूर्वक सही सुचना दिन पाएपछि अझ के चाहियो र ?
संस्था स्थापना गर्ने सोचेपछि उनीहरुले पहिले सानो सेटअपबाट सुरु गरे । अन्य महँगा सेटअप भएका ठूला कन्सल्टेन्सीहरुको बिचमा उनीहरुको सानो लगानीले प्रतिष्पर्धा गर्न खोज्नु जोखिमपूर्ण थियो । तर हिम्मत र हौसला त्योभन्दा बढी थियो ।
‘पैसाभन्दा बढी हाम्रो लगानी समय, मेहनत र विश्वासमा थियो,’ पुरीले भने, ‘हामीले दिनरात नभनी मेहेनत गर्यौं । अहिले सफलताहरु एकपछि अर्को हात लागिरहेका छन् ।’
क्लाउड एजुकेशनमा भीसा लाग्ने दर बढीरहेको छ । विद्यार्थीको पृष्ठभूमी अनि शिक्षाको आधारमा दिइने करिअर काउन्सिलिङले उत्साहजनक नतिजा दिएको छ । जसको कारण विद्यार्थीले गरेका एप्लाइहरु सफल भइरहेका छन् । उनीहरु विदेश गएर पढाइसँगै काम गरिरहेका छन् ।
क्लाउडले विद्यार्थी भिसा प्रक्रियामा मात्र ध्यान नदिएको, बरु करियर काउन्सिलिङ र विद्यार्थीको समग्र हितका लागि सही मार्गदर्शन गर्नमा बढी ध्यान दिएको अर्का सञ्चालक बादल बराल बताउँछन् ।
आगामी दिनमा उनीहरूले आफ्नो सेवा विस्तार गरी स्किल डेभलपमेन्ट कार्यक्रमहरू, मोटिभेसनल सेमिनारहरू, अन्तर्राष्ट्रिय शिक्षा मेलाहरू र व्यक्तित्व विकाससम्बन्धी कार्यशालाहरू सुरु गर्ने योजना बनाएको बरालले जानकारी दिए ।
यी युवाहरुले नेपालमा बसेर यही व्यवसाय चलाउनुको एक महत्वपूर्ण उद्देश्य नै नेपालका विद्यार्थीहरूलाई विश्वस्तरीय प्रतिष्पर्धी एवम् सक्षम बनाउनु हो । ‘तर त्यसबिचमा पनि ती उनीहरुले आफ्नो देश, संस्कार र नैतिक मूल्य नबिर्सिउन् भन्ने कुरामा हामी बढी चासो राख्छौं,’ थापा भन्छन्, ‘विदेशमा पनि नेपाली विद्यार्थीलाई देखेर अरुले राम्रो भनुन्, हामी त्यसरी काउन्सिलिङ गरेर विद्यार्थी पठाउँछौं ।’
देशका लागि नै केही गर्नुपर्छ र अन्य धेरै युवाहरुलाई बाटो देखाउनुपर्छ भन्ने भावनाले उनीहरुलाई एक ठाउँ ल्याएको छ । यी तीनै युवाको एक स्वर छ, ‘हामी युवाहरुलाई वैदेशिक शिक्षाको लागि इमान्दार र सही सुचना, जानकारी दिन्छौं र उनीहरुलाई विदेशमा पनि सहयोग गर्छौं ।’