झापा । झापाको कमल गाउँपालिका–५ का एक विपन्न परिवारका बालकको उपचारका लागि तिहारमा देउसी खेलेर रकम संकलन गरिएको छ ।
स्थानीय सगुन युवा क्लबले आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ वर्षीय बिरामी छोराको उपचारका लागि सहयोग जुटाउन देउसी खेलेको हो ।
देउसीबाट संकलित २८ हजार ७ सय ४० रुपैया बालकको परिवारलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ । टाउकोमा पानी जमेर आर्थिक अवस्थाका कारण उपचार गर्न नपाएका बालकको उपचारमा सघाउन देउसीको खेलेर रकम संकलन गरिएको हो ।
स्थानीय सगुन युवा क्लवले बर्सेनि आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि विहिबार राति सम्पन्न गरेको छ । दिपावली ,छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनि आयोजना गर्दे आएको सांस्कृतिकमूलक सगुन साँझ यसवर्ष सम्पन्न गरिएको हो ।