सुनको भाउ घट्यो

न्युजलय १४ साउन २०८२, मङ्गलबार ०५:५० मा प्रकाशित

 काठमाण्डौ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । 

सुन आज तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।