विकासमा बामे सर्दै झङडाई गाउँ

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०८:५१ मा प्रकाशित

झोराहाट । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको झङडाई गाउँका २४ वटा पोलमा आज सडक बत्ती जडान गरेपछि सडक र सडक वरिपरिका घर रातको समयमा पनि दिउँसो झैं लागेका छन् ।  


सडकमा उज्यालो र सडक बत्ती जडान भएपछि गाउँमा खुसी थपिएको छ । झङडाईको सानो पुल देखि झङडाई चोकसम्म, झङडाई चोक देखि दक्षिण सैनि उराँवको घरसम्म र उत्तरमा झङडाई चोक देखि मंगलहाटसम्मका सम्पूर्ण पोलमा सडक बत्तीले झिल्लीमिलि छाएको छ ।


विकासका नाममा सडक बने पनि अहिलेसम्म पिच हुन सकेको छैन, तर यो गाउँमा खानेपानी, बिजुली, इन्टरनेट, केबल जस्ता अति आवश्यक कुरा भने यो गाउँले धेरै अघि नै पाईसकेको छ ।

   

-महेश भट्टराई