काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुन–चाँदी व्यवसाय महासंघका अनुसार बुधबार(आज) छापावाल सुन प्रतितोला १२ रुपैयाँले घटेको जनाएको छ । आज सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।