काठमाडौं । बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो। मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ।