काठमाडौं । सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु भएको छ ।
करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो ।
गैर आवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको हो।