इटहरी । कतार च्यारीटीले इनरुवा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना महामारीमा प्रयाग गर्न सकिने ३६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
आज एक कार्यक्रमको आयोजना कतार च्यारीटीले संघीय सांसद लाली मेहेता, प्रदेश सांसद ज्योती सुब्बा, इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता, इनरुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट देवराज घिमिरे तथा विभिन्न वडाध्यक्षको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
सहयोग सामग्रीमा इसिजि मेसिन, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरलगायतका विभिन्न २१ प्रकारका स्वास्थ्य उपकरण सहयोग कतार च्यारीटी नेपालका कार्यबहाक निर्देशक इर्शाद अलि शेखले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मेहेताले सहयोगमा आएका सामग्रीको दुरुपयोग नगरि सहि सदुपयोग गर्न निर्देशन दिएका छन् । सहयोग सामग्री आए पनि प्रयोग गर्ने दक्ष जनशक्ति नहुँदा यतिकै थन्कने समस्य रहेको भन्दै मेहेताले अहिले आएको सहयोग सामग्रीलाई प्रयोग गर्न निर्देशन दिए ।