झापा । झापाको झापा गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो मे १ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिदा चालक सोहि स्थानका २२ बर्षिय सुनिल हेमरनलाई किचेको थियो । ट्रयाक्टरको ईन्जिनले किच्दा उनको घटनास्थममै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानूनि प्रकृया भईरहको छ ।