सुनको भाउ बढ्यो

न्युजलय २५ भदौ २०८१, मङ्गलबार १२:१४ मा प्रकाशित

काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७५५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँ कायम भएको छ