मेचीनगरमा एक पुरूषको हत्या गरी झाडीमा लुकाइएको अवस्थामा भेटियो शव

न्युजलय ३२ साउन २०८०, बिहिबार १२:४२ मा प्रकाशित

झापा । झापाको मेचीनगरमा एक पुरूषको हत्या गरी खोल्सीको झाडीमा लुकाइएको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–८ का ४३ वर्षीय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।

शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपि प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका बारे अनुसन्धान भइरहेको छ ।