सम्पर्कविहीन भएका इटहरीका नेपालको शव नहरमा फेला

न्युजलय १४ माघ २०८२, मङ्गलबार १२:४९ मा प्रकाशित

इटहरी । केही दिनदेखि सम्पर्कविहीन रहेका इटहरी उपमहानगरपालिका–११ खनारका ६० वर्षीय महेन्द्रप्रसाद नेपालको शव मोरङको ग्रामथान गाउँपालिका–७ खदरास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा फेला परेको छ।

सोमबार नहरको पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक नेपाल घटनाअघि साथीहरूसँग खाजा खाएर छुट्टिएको खुलेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी केही दिनदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन रहेको पाइएको छ।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएकोछ।