हङकङमा ओमिक्रोन संक्रमण बढेपछि स्वास्थ्य अधिकारीले दिए चेतावनी

न्युजलय १२ पुस २०७८, सोमबार ०८:४३ मा प्रकाशित

काठमाडौं । हङकङमा थप १४ जनामा ओक्रिमन संक्रमण देखिएको छ । गत शनिबार मात्र त्यहाँ एक दिनमा अहिलेसम्मकै बढी १० जनामा ओमिक्रोन पुष्टि भएको हो।


साउथ चाइना मर्निङ पोस्टका अनुसार यसले सम्भावित खतरा सामनाका लागि आकस्मिक योजना बनाउन आवश्यक रहेको देखाएको हङकङका स्वास्थ्य अधिकारीले बताएका छन्। 


विश्वभर तेज गतिमा फैलिरहेको ओमिक्रोनको संक्रमण हङकङमा समुदायस्तरमा फैलिन सक्ने चेतावनी सोमबार त्यहाँका वरिष्ठ अधिकारीले दिएका छन्। 


कोरोनो संक्रमितको उपचार गर्ने दुई सार्वजनिक अस्पताल अनुगमनपछि खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउ चीले भने, ‘ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ। यो हङकङका लागि पनि उत्तिकै जोखिमपूर्ण देखिएको छ।’