झापा । झापाको कचनकवल गाउँपालिका २ स्थित सडक खण्डमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन्।
शनिबार दिउँसो साढे बाह्र बजे डब्लु बी ७४प ९७१७ नम्बरको मोटरसाइकल र मे४प ९५०० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका २७ वर्षीय शिवलाल माझी, ४४ वर्षीय सजन राजवंशी र ४० वर्षीय शेषलाल राजवंशीको ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो।
घाइतेमध्ये शेषलालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।