नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन विराटनगरमा सुरु

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार १२:३० मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ। 

शुक्रबार(आज) बिहान १० बजेपछि अधिवेशनको औपचारिक रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्च्युअल रुपमा उद्घाटन गरेका हुन् ।

महानगरपलिकाको शंकरपुरस्थित खुला मैदानमा भइरहेको अधिवेशनमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, मीनेन्द्र रिजाल, विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, सूनिलबहादुर थापा लगायतको उपस्थिति छ ।

बिहीबार उद्घाटनको कार्यक्रम तय भए पनि अन्तिम समयमा अधिवेशन संयोजक कृष्णप्रसाद सिटौलाले विविध कारण जनाउँदै शुक्रबार बिहानका लागि तोकेका थिए।

१४ जिल्लाका १ हजार ७७० प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।