आजको सुनको भाउ

न्युजलय १३ साउन २०८२, सोमबार ११:५१ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला दुई हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।