कांग्रेस सुनसरी क्षेत्र नं. ४ क प्रदेश सभा सम्मेलन सम्पन्न

न्युजलय ३२ जेठ २०८०, बिहिबार ०६:११ मा प्रकाशित

सुनसरी । नेपाली काग्रेस सुनसरी क्षेत्र नम्बर ४ क ले प्रदेश सभा सम्मेलन सम्पन्न गरेको छ । 

लैकहीमा भएको सम्मेलनले पाटी संगठनलाई थप बलियो र ब्यवस्थित बनाउनु पर्नेमा जोड दिएको छ । सुनसरी क्षेत्रनम्वर ४ का क्षेत्रीय पाटी सभापति ऐयुव अन्सारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सबै वक्ताहरुले अहिलेको परिस्थितिमा पार्टीलाई अझ सशक्त बनाउदै लानु पर्ने बताएका थिए ।

प्रमुख अतिथि अन्सारीले कांग्रेस यो मुलुकको सबैभन्दा पुरानो र ठुलो पार्टी रहेको बताउदै काग्रेसमै भरोसा राखेका जनताका लागि पाटीबाट टिकट पाएर स्थानीय तहहरुमा जनप्रतिनिधि भएका सबैले जनताको भावना अनुसार कामगर्नु पर्ने सुझाएका छन् । 

अन्सारीले कार्यक्रममा बोल्दै भने, “उनले भने स्थानीय तहमै जनताको काम हुने भएकाले जनप्रतिनिधिहरुले इमानदारी भएर सेवा गर्नुपर्छ । कांग्रेस हिजो जुन अवस्थामा छ, आज पनि त्यही अवस्थामा रहेको छ । नेपाली जनताले पाउनु पर्ने हक अधिकारका लागि काग्रेस सदैव लडेको छ । दलित आयोग, महिला आयोग, मुस्लिम आयोग, जनजाति आयोग कांग्रेसकै अगुवाइमा भएको हो ।”

कांग्रेसले नेपाली जनतालाई एउटै दृष्टिले हेर्ने भएकाले नै यो प्रजातान्त्रिक पाटी भएको हो । कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ क र ख का प्रदेश सांसदहरु सदानन्द मण्डल र हाजी इसराइल मन्सुरीले प्रदेशबाट गर्न सक्ने विकास लगायतका काममा लागिरहेको बताएका छन् । 

उनीहरुले भने प्रदेशमा कांग्रेसकै सरकार बन्ने सम्भावना बढेर गएको छ । नेपाली कांग्रेस ४ क का सभापति मधुकर तामाङ्को सभापतित्वमा भएको कार्यक्रममा सुनसरी पाटी सचिव विरेन्द्र शाह, केन्द्रिय महाअधिवेशन प्रतिनिधिहरु, बराहक्षेत्र नगर सभापति तथा नगरप्रमुख रमेश कार्की, कोशी गाउँपालिकाका सुलेमान मन्सुरी, प्रदेश अधिवेशन प्रतिनिधि प्रदेश महाअधिवेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, वडासभापतिहरु लगायत कांग्रेससम्बद्ध भातृ संगठन तरुणदल, नेवि संघलगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।