बढ्यो सुनको मूल्य

न्युजलय २ असार २०८१, आइतबार १२:२८ मा प्रकाशित

 काठमाडौं । आइतबार(आज) सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा तोलामै एक हजार छ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४२ हजार एक सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँ पुगेको छ ।