फिल्म ‘के घर के डेरा’ टिजर सार्वजनीक

न्युजलय ३० भदौ २०७९, बिहिबार ११:५२ मा प्रकाशित

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर फिल्म  ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । 

दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा दयाहाङ र विपिनसहित सुरक्षा पन्त र वर्षा राउत समेत फिचर्ड छन् । कात्तिक ४ गते प्रदर्शन हुने फिल्ममा रविन्द्र झाको समेत प्रमुख भूमिका छ ।