वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

न्युजलय २४ चैत २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले बताए ।

अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा. केसीले जानकारी दिए ।