२०७८ साल कार्तिक ७ गते अाईतबार

भारतमा जन्मियो दुई टाउके बाच्छो, भगवान भन्दै पुजा

न्युजलय २७ असोज २०७८, बुधबार १२:३२ मा प्रकाशित

भारत । भारतको ओडिशास्थित नवरंगपुरमा एक गाईले दुईवटा टाउको भएको बाच्छो जन्माएको छ । २ टाउको र ३ वटा आँखा रहेको सो बाच्छोलाई स्थानीयले भगवान दुर्गाको अवतार भन्दै पूजा गरेका छन् ।

बाच्छोलाई आफ्नो आमाको दुध पिउन गाह्रो भएको धनीरामले इण्डिया टुडेलाई बताएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका  छन् । 

अहिले सो बाच्छोलाई बाहिरबाट दुध किनेर लगेर खुवाइएको बताइएको छ ।