काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढ्दै २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।