उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
आइतबार (आज) बिहान सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १– ०२–००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल सोही टिपरमा ठोक्किँदा मोटरसाइकल चालक त्रियुगा –१ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा पछाडी सवार २५ वर्षीया संगिता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको छ । टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरले नियन्त्रणमा लिएको छ ।