काठमाडौं। एभरेष्ट होटलले सस्तो प्याकेजसहितको ‘एभरेष्ट डेकेशन’ योजना ल्याएको छ। योजनामा कोठामा ५० र खानामा १० प्रतिशत छुट पाउने होटलले जनाएको छ।
होटलले दिउँसोको समयमा कोठा ५ हजार रुपैयाँमा दिनेछ। उपत्यका बाहिरबाट काठमाडौं घुम्न आउने र स्थानीयलाई लक्षित गर्दै यो योजना ल्याएको होटलका महाप्रबन्धक आशिष चलुले बताए ।
उनका अनुसार दिँवा समयका लागि पाहुनाले यो योजना अन्तर्गतको आठ घण्टा सेवा लिन सक्नेछन्। पाहुनाको माग अनुसार लागु गरेको यो योजना सीमित अवधिका लागि ल्याएको उनले बताए।