काठमाडौँ । भारतको गोवामा रहेको नाइट क्लबमा भएको सिलिन्डर विष्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
शनिबार राति गोवाको अर्पोरा क्षेत्रमा रहेको नाइट क्लबमा भएको विस्फोटका मृतकहरूमा ४ पर्यटक र १४ कर्मचारी हुन् । ७ जनाको अझै पहिचान हुन सकेको छैन ।
गोवा प्रहरीले क्लबका प्रबन्धकलाई पक्राउ गरेको छ। लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्याएको थियो ।
प्रारम्भिक अनुसन्धानले क्लबमा अग्नि सुरक्षा नियमहरू पालना नगरिएको खुलासा गरेको छ। वरिष्ठ प्रशासन अधिकारीहरू घटनास्थलमा उपस्थित छन् र फोरेन्सिकटोलीले आगलागीको कारणको अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँको अनुग्रहणको घोषणा गरेका छन् ।