भक्तपुर । भक्तपुर नगरपालिका– १० कमलविनायकमा घरको ४ तल माथिबाट खसेर शुक्रबार(आज) बिहान बालिकाको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय हरिनारायण सितिखूकी १५ वर्षीया छोरी सुनेना सितिखूको आफ्नै घरको ४ तला माथिबाट खसेर मृत्यु भएको हो।
घरको ४ तला माथिबाट बिहान खसेर गम्भीर घाइते भएकी सुनेनालाई उनका बुबाले उपचारका लागि भक्तपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य अगाडि बढाइएको छ।