सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय १३ पुस २०८२, आइतबार ११:१७ मा प्रकाशित

काठमाडौं। सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला एक हजार तिन सयले रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। 

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा २ सय ७० रुपैयाँले बढेर तोलामा ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।