धरानमा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

न्युजलय २० पुस २०७८, मङ्गलबार ०१:१८ मा प्रकाशित

 इटहरी । सुनसरीको धरान –१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ ।

सोमवार राती धरान–१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८  नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान –१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो ।   घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।